मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटमा झगडा छुटाउन जाँदा युवकको मृत्यु, एक पक्राउ

रौतहटको चन्द्रपुरमा झगडा छुटाउन गएका विष्णु सुवेदीको मृत्यु भएको छ। झगडा गर्ने क्रममा धकेलाधकेलमा परी टाउकोमा चोट लाग्दा सुवेदीको मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न विमल मोक्तानलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
१७८

रौतहटको चन्द्रपुर नगरपालिका–४ मा झगडा छुटाउन गएका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको छ। ३८ वर्षीय विमल मोक्तानले धकेल्दा सुवेदी लडेर टाउकोमा गम्भीर चोट लागेको थियो।

बाराको निजगढ नगरपालिका–६ घर भई हाल चन्द्रपुर–४ मा बस्दै आएका मोक्तान मदिरा सेवन गरी बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएको प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन्। घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार