NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनकोशी-मरिण ठेक्कामा लापरबाही: रमण-पटेल जेभी तीन वर्ष कालोसूचीमा

राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्कामा गम्भीर लापरबाही गर्ने रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङको संयुक्त भेन्चर (जेभी) तीन वर्षका लागि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
Arjun Basnet
Arjun Basnet
27 May 2026, 10:33 am १ मिनेट पढाइ
आकार:
रमण-पटेल जेभी कालोसूची
Share:

राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनको ठेक्कामा गम्भीर लापरबाही गर्ने रमण कन्स्ट्रक्सन प्रालि र पटेल इन्जिनियरिङ लिमिटेडको संयुक्त भेन्चर (जेभी) तीन वर्षका लागि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

गत वर्ष कात्तिक तेस्रो साता आयोजनाले ठेकेदार कम्पनीलाई ‘किन ठेक्का नतोड्ने?’ भन्दै स्पष्टीकरण सोधेको थियो। कम्पनीको जवाफ चित्तबुझ्दो नभएपछि आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो।

उक्त कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगरेको र तोकिएको समयमा काम सम्पन्न गर्न गम्भीर लापरबाही गरेको आरोप छ। यस निर्णयले राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्यमा थप ढिलाइ हुने देखिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार