NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दीपक भट्ट प्रकरण: ५६ लगानीकर्ताको सेयर रोक्काको निर्देशन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट प्रकरणमा जोडिएका ५६ जना लगानीकर्ता तथा कम्पनीका उच्च अधिकारीको सेयर रोक्का गर्न निर्देशन दिएको छ। उनीहरूको लगानी विवरण खुलाएर पठाउन धितोपत्र बोर्डलाई पत्र लेखिएको छ।
Sunita Rai
Sunita Rai
28 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
दीपक भट्ट प्रकरण
Share:

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का गर्न निर्देशन दिएको छ। उनीहरूको लगानी विवरण खुलाएर पठाउन सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले उक्त व्यक्तिको लगानीसम्बन्धी विवरण पठाउन सीआईबीले बोर्डलाई भनेको छ। अनुसन्धान अवधिभर उनीहरूको सेयर बिक्री वा हस्तान्तरणमा रोक लगाउनसमेत पत्राचार गरिएको छ।

सेयर कारोबार रोक्का गर्न भनिएका व्यक्तिहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका व्यवस्थापक तथा मुख्य सेयरधनीहरू रहेका छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार