NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापाको रतुवाखोलामा बोराभित्र युवतीको शव भेटियो, पहिचान खुल्न बाँकी

झापाको दमकस्थित रतुवाखोलामा सेतो बोराभित्र एक युवतीको शव फेला परेको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ३०-३२ वर्षीया हुन् र शव दुई-तीन दिन पुरानो हुनसक्ने अनुमान छ। मृतकको पहिचान खुल्न सकेको छैन र प्रहरीले पहिचानका लागि सहयोग मागेको छ।
Maya Thapa
Maya Thapa
30 May 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
Share:

झापाको दमक नगरपालिका-१०, सेतुमाडीस्थित रतुवाखोलामा सेतो प्लास्टिकको बोराभित्र एक युवतीको शव भेटिएको छ। रतुवाखोलाको पुलमुनि बोरामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

प्रहरीका अनुसार, अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी युवतीको शव फेला परेको हो। मृतकले रातो भेस्ट र जिन्सको पेन्ट लगाएकी थिइन्। शव दुई–तीन दिनदेखि पानीमा रहँदा कुहिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

हालसम्म मृतकको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको डीएसपी खड्काले बताए।

मृतकको बायाँ हातमा ट्याटुसमेत रहेको पाइएको छ। प्रहरीले शवको पहिचान गरिदिन सर्वसाधारणलाई अनुरोध गरेको छ। कसैले मृतकलाई चिनेमा प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार