NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जडीबुटीमा प्रहरीको गोलीबाट लुटपाट आरोपी घाइते, पक्राउ

काठमाडौंको जडीबुटीमा प्रहरीले लुटपाट आरोपमा गणेश कार्कीलाई गोली हानी पक्राउ गरेको छ। कार्कीको खुट्टामा गोली लागेको छ भने एक प्रहरी जवान पनि घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
31 May 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर लुटपाट आरोपमा गणेश कार्कीलाई पक्राउ गरेको छ। शनिबार राति भएको घटनामा कार्कीको खुट्टामा गोली लागेको छ।

सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर सिक्री लुटपाट भएको थियो। सोही घटनाका आरोपितको खोजी गर्ने क्रममा जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिक प्रहरी टोली र कार्कीबीच जम्काभेट भएको थियो। प्रहरीले जवाफी कारबाहीमा गोली चलाएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनामा एक प्रहरी कर्मचारी पनि घाइते भएकाले उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार