अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे आइतबार पत्रकार सम्मेलन गर्दैछन्। मन्त्री वाग्लेले सञ्चारकर्मीहरूसँग बजेटबारे अन्तर्क्रिया गर्नेछन्।
कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो ३ बजे आयोजना हुनेछ। यो जानकारी अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले दिएका हुन्।
गत शुक्रबार अर्थमन्त्री वाग्लेले संसदमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।
