NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तेह्रथुममा सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणबारे बजार अनुगमन

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा तेह्रथुम बजारमा सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रणका लागि अनुगमन गरिएको छ। व्यवसायीहरूलाई १८ वर्षभन्दा कम उमेरका तथा गर्भवतीलाई बिक्री नगर्न, चेतावनीमूलक बोर्ड राख्न निर्देशन दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

तेह्रथुम बजारमा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्न बजार अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको टोलीले व्यवसायीहरूसँग अन्तक्र्रिया गरी मापदण्ड र स्वास्थ्य असरबारे जानकारी गराएको छ।

म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, करिब २५० हानिकारक र ७० क्यान्सरजन्य तत्त्व हुने बताए। व्यवसायीहरूलाई १८ वर्षमुनिका तथा गर्भवतीलाई बिक्री नगर्न निर्देशन दिइएको छ। शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटरभित्र बिक्रीमा रोक लगाइएको छ।

सार्वजनिकस्थलमा धूमपान निषेध कार्यान्वयन र अन्तःशुल्क भुक्तानीबारे पनि अनुगमन गरिएको थियो। संयुक्त टोलीमा उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, तीन सुरक्षा निकाय र पत्रकार महासङ्घका पदाधिकारी सहभागी थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार