NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भिजिट भिसा दुरुपयोग रोक्न प्रधानमन्त्रीको निर्देशन, ५० युनिटमाथि ५% भ्याटको कारण स्पष्ट

प्रधानमन्त्रीले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिएका छन्। विदेशमै बसेर भिसा कन्भर्ट गर्ने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए। ५० युनिटभन्दा बढी विद्युत् खपत गर्नेलाई ५% भ्याट लगाउनुको कारण विद्युत् प्रणालीको क्षमता अभिवृद्धि भएको प्रधानमन्त्रीको भनाइ छ।
Sunita Rai
Sunita Rai
31 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्रीले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘भिजिट भिसा’मा गएर कामको अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता अन्त्य गर्न विदेशमै बसेर भिसा कन्भर्ट गर्ने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको प्रधानमन्त्रीले अवगत गराए।

बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबारे प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न यो कर लगाइएको स्पष्ट पारे।

“तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन। देशका हरेक भान्छामा बिजुलीबाट खाना बनाउने हो भने, देशका सबै ट्रान्सफर्मर र सवस्टेसनको क्षमताले धान्दैन”, उनले भने।

उनले क्षमता विकासका लागि पैसा आवश्यक रहेको र त्यसकै लागि ५० युनिटभन्दा माथिको विद्युत् खपतमा पाँच प्रतिशत भ्याट लगाइएको जिकिर गरे। उठेको रकम देशभरका ट्रान्सफर्मर, प्रशारणलाइन र सबस्टेसनको सुधारमा प्रयोग गरिने उनले बताए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार