कञ्चनपुरको सीमावर्ती भारतीय क्षेत्रमा महाकाली नदी किनारमा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगरसहित दुई नेपाली मृत भेटिएका छन्। पुनमगर डडेल्धुरास्थित सीमा सुरक्षा पोष्टमा कार्यरत थिए।
उनीहरू नातेदार तीर्थबहादुर थापामगरसँगै शुक्रबारदेखि सम्पर्कविहीन थिए। दुवैको शव भारतीय भूमिमा फेला परेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
डडेल्धुरा प्रहरीका डिएसपी बरुणबहादुर सिंहले शव नेपाल ल्याउने प्रक्रिया भइरहेको बताए। घटनाको छानबिन सुरु भएको उनले जानकारी दिए।
