NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य: सांसदहरु

राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताएका छन्। सांसदहरूले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका छन्। सीमासम्बन्धी विषय संवाद र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिइएको छ।
Bikram Magar
Bikram Magar
3 June 2026, 2:47 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरूले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गरी समस्याको निकास खोज्न सरकारलाई सुझाव दिए।

नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए। उनले यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अपनाउनुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने खालका अभिव्यक्ति कसैबाट पनि आउन नहुने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको स्मरण गर्दै समस्या समाधानका लागि कूटनीतिक माध्यम नै उपयुक्त हुने सुझाव दिइन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार