NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सामाजिक सञ्जालमार्फत यौन धन्दा: काठमाडौंमा १२ युवतीसहित १६ पक्राउ

सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलमा यौनजन्य गतिविधि गराउने गिरोहका १६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२ युवती र ४ पुरुष छन्।
Maya Thapa
Maya Thapa
9 June 2026, 8:47 pm १ मिनेट पढाइ
आकार:
यौन धन्दा
Share:

काठमाडौँको गौशाला क्षेत्रमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलमा यौनजन्य अनैतिक गतिविधिमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२ युवती र ४ पुरुष छन्।

अनुसन्धानमा उनीहरू फेसबुक र ह्वाट्सएपजस्ता माध्यमबाट युवतीहरूको फोटो र भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने गरेको खुलेको छ। ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी शम्भुमार्ग र बत्तीसपुतलीका होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले जनाए अनुसार पक्राउ पर्नेमा मकवानपुरका होटल सञ्चालक विकास भुलन (३३), सर्लाहीका सुनिल तामाङ (३४), मकवानपुरका बिबेक स्याङ्तान (२८) र काठमाडौंका राजकुमार गौतम छन्।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार