NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काभ्रे बस दुर्घटना: ७ को मृत्यु, १५ घाइते

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
12 June 2026, 3:17 pm १ मिनेट पढाइ
आकार:
काभ्रे बस दुर्घटना
Share:

बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको काभ्रेका डीएसपी रबिन विष्टले जानकारी दिए। बनेपाबाट सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण खुल्न बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार