NM Khabar 19 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे ‘देश बनाउने टोली’: मन्त्रीहरूसँगको तस्बिर भाइरल

प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गरेका छन्। उनले तस्बिरको क्याप्सनमा 'देश बनाउने टोली' लेखेका छन्। सामाजिक सञ्जालमा आएको टिप्पणीपछि प्रधानमन्त्रीले 'बिदाको दिन जिस्किन्छु' भन्दै प्रष्टीकरण दिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त तस्बिर सेयर गर्दै ‘देश बनाउने टोली’ लेखेका छन्।

तस्बिरमा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा राखी अँगालो हालेका छन्। प्रधानमन्त्रीको दाहिनेतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र देब्रेतर्फ गृहमन्त्री सुधन गुरुङ रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी यी दुवै मन्त्रीलाई प्रधानमन्त्री शाह निकट मानिन्छ।

सामाजिक सञ्जालमा उक्त स्टाटसलाई लिएर अन्य सदस्यलाई हेपेको भन्दै टिप्पणी भएपछि प्रधानमन्त्री शाहले प्रष्टीकरण दिएका छन्। उनले लेखेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुस्ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार