दाङको तुलसीपुरमा इलाका प्रहरी कार्यालयको १८६२.४६ वर्गमिटर जग्गा ओगटेर बसेका नौ घर खाली गरिएका छन्। प्रहरी कार्यालयले जेठ १२ गते १५ दिने सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा छोडेका हुन्।
तुलसीपुर नगरपालिकाले दुई सुकुम्वासीको बासस्थानको जिम्मा लिएपछि संरचना भत्काउने काम सुरु भएको छ। इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले स्थानीयका सामान तोकिएको स्थानमा पुर्याइएको बताए।
