पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतले सोमबार फैसला सुनाउँदै बस्नेतविरुद्धको आरोप पुष्टि नभएको ठहर गर्यो।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गर्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ महिनाअघि दायर गरेको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो।
बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीले पनि सफाइ पाए। परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सुले पनि अदालतबाट सफाइ पायो।
