NM Khabar 9 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: दुई प्रस्ताव समितिमा पठाइयो

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई प्रस्तावलाई समितिमा पठाउने निर्णय गरेको छ। कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ कानुन समितिमा पठाइएको छ। ग्रामीण सडक आयोजनाको क्षतिपूर्ति निर्देशिका आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 July 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश मन्त्रिपरिषद्
Share:

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई प्रस्तावलाई सम्बन्धित समितिमा थप गृहकार्यका लागि पठाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार, कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ लाई स्वीकृतिका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाइएको छ।

यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत अतिरिक्त लगानीका कारण प्रभावित भौतिक संरचना, घरटहरा तथा अन्य सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरण निर्देशिका, २०८३ लाई स्वीकृत गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ। मन्त्री पराजुलीले यो जानकारी दिएका हुन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार