NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बझाङमा जिप दुर्घटना: ३०० मिटर तल खस्यो, हाताहातीको आशंका

बझाङको केदारस्यूँ गाउँपालिका–७, सुङ्गरेमा बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। प्रारम्भिक अनुमान अनुसार जिपमा १५-१६ जना यात्रु सवार थिए। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर बोलाउने तयारी भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
11 July 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
बझाङ जिप दुर्घटना
Share:

बझाङको केदारस्यूँ गाउँपालिका–७, सुङ्गरेमा बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार जिपमा १५–१६ जना सवार थिए। घटनास्थल भौगोलिक रूपमा विकट छ।

केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा ठूलो हाताहाती भएको खबर आएको जानकारी दिए।

गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको बोहराले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार