उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार छन्।
उखु किसानको लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरी फरार रहेका उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।
सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गरी हाल उक्त कसुरमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
