काठमाडौं । धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा कसुरमा अग्रवालसँग दुई करोड र भट्टसँग डेढ करोड धरौटी मागेको हो।
धितोपत्र कसुरमा अग्रवाललाई डेढ करोड र भट्टसँग एक करोड धरौटी माग गरिएको छ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा सुलभ अग्रवालसँग अदालतले दुई करोड ३० लाख धरौटी मागेको छ।
