मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको छ। केराबारीबाट धरानतर्फ जाँदै गरेको टिपरले बाटो काट्दै गरेकी मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।
प्रहरीले ठक्कर दिने टिपर र चालक २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको छ। माझी सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल धरान उपमहानगरपालिका–१३ बस्ने हुन्। प्रहरीले माझी र टिपर दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
