NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संसदीय सुनुवाइ समितिमा प्रस्तावित आयुक्तविरुद्धका उजुरीमाथि छलफल आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरी र कार्ययोजनामाथि छलफल हुनेछ। संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त र डा राजीव सुब्बा तथा गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
संसदीय सुनुवाइ समिति
Share:

प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले आज छलफल गर्दैछ। बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने बैठकको कार्यसूचीमा उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने उल्लेख छ।

प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना पनि सदस्यहरूलाई बाँडिनेछ। उजुरी र कार्ययोजनाको अध्ययनपछि संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

गत असार १९ गतेको संवैधानिक परिषद् बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। सोही बैठकले डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।

समितिको अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार