भरतपुर कारागारबाट गत भदौ २५ गते भागेका ९७ कैदी अझै फरार छन्। फरारमध्ये नौ भारतीय नागरिक छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
कारागार कार्यालयका अनुसार ७३९ कैदी भागेकामा ६४१ जना फर्किएका छन्। निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार एक जनाको परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको थियो। तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना भागेका थिए।
सम्पर्कविहीनमध्ये लागूऔषध र जबर्जस्ती करणी मुद्दाका कैदी बढी छन्। दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न केही व्यक्ति पनि फरार छन्।
कारागार कार्यालयले गत असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको समयसम्म नआए कारागार ऐन, २०७९ अनुसार कारबाही गरिने जनाइएको थियो।
फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने चेतावनी दिइएको छ। भागेका कैदीबन्दी नवलपरासी (बर्दघाट-सुस्ता) पूर्वसहित अन्य जिल्लाका हुन्।
