NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ऊर्जा मन्त्रालयले ट्रान्सफर्मर र मिटर खरिदमा छानबिन थाल्यो

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर र विद्युत मिटर खरिद प्रक्रियामा छानबिन गर्न समिति गठन गरेका छन्। प्राधिकरणका सञ्चालक शम्भु केसीको संयोजकत्वमा गठित समितिमा प्राविधिक, कानुन र खरिद विज्ञ सदस्य रहनेछन्।
Arjun Basnet
Arjun Basnet
29 July 2026, 8:34 pm १ मिनेट पढाइ
आकार:
ऊर्जा मन्त्रालय छानबिन, ट्रान्सफर्मर खरिद
Share:

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर र विद्युत मिटर खरिद प्रक्रियामा छानबिन सुरु गरेका छन्।

मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चालक समितिबाट शम्भु केसीको संयोजकत्वमा समिति गठन गरेका हुन्। केसीलाई मन्त्री श्रेष्ठले दुई साताअघि मात्रै प्राधिकरण सञ्चालकमा नियुक्त गरेका थिए।

समितिमा प्राविधिक, कानुन र खरिद विज्ञ सदस्य रहनेछन्। प्राधिकरणका एक उपकार्यकारी निर्देशकलाई सदस्यसचिवको जिम्मेवारी दिइनेछ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार