प्रहरीले काठमाडौं, नवलपरासी पूर्व, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१६ बाइपासकी ५३ वर्षीया शान्ती नगरकोटीसँग डाइजेपाम, बुप्रेनोर्फिन, प्रमोथाजाइनका १७-१७ एम्पुल र रु २,२६,८५० बरामद भयो।
नवलपरासीपूर्व देवचुली-२ सिजी अगाडिबाट दुई जनालाई डाइजेपामका ४१, बुप्रेनोर्फिनका ४० र फेनारगनका ३९ एम्पुलसहित पक्राउ गरियो।
सिन्धुली दुधौली-९ श्रीमन पेट्रोपम्प नजिकबाट ४४.३४ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परे।
सुनसरी धरान-१६ बाट पाँच, दुहबी-५ बाट एक र इटहरी-५ बाट एक जना पक्राउ परे।
झापा मेचीनगर-६ पुरानो मेचीपुलबाट २.४९ ग्राम खैरो हेरोइनसहित इलाम सूर्योदय-४ का २६ वर्षीय सलमान थापा पक्राउ परे।
पोखरा-८ सृजनाचोक मण्डल खाजा घरबाट १४५.२७ ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित ४० वर्षीय चन्देश्वर महतो पक्राउ परे।
भक्तपुर सूर्यविनायक-५ सल्लाघारीबाट लागूऔषधसहित २२ वर्षीय रीतिक प्रजापति पक्राउ परे।
मोरङ विराटनगर-१६ दरैयाबाट ३.८४ ग्राम खैरो हेरोइनसहित ३१ वर्षीय अजय साही, २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साह पक्राउ परे।
विराटनगर-१५ एक नम्बर ढाँटबाट १०.९४ ग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास भुजेलसहित दुई जना पक्राउ परे।
तनहुँ म्याग्दे-२ जामुनेबाट दुई, बझाङ जयपृथ्वी-११ बाट एक, बाँके नेपालगञ्ज-१० बाट एक र चितवन इच्छाकामना-५ मुग्लिङबाट दुई जना पक्राउ परे। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
