NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा ४९ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद, चालक फरार

सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ। प्रहरी गस्ती देख्नासाथ भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका थिए। बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ।
Kamala Devi
Kamala Devi
14 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
सिरहामा गाँजा बरामद
Share:

सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको छ। प्रहरी गस्ती देख्नासाथ भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका थिए।

शुक्रबार बिहान करिब ३:२२ बजे गस्तीमा खटिएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकल रोक्न खोजेको थियो।

प्रहरीलाई देखेपछि चालकले मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरी प्रमुख सुमनजङ्ग थापाले बताए।

मोटरसाइकलको पछाडि बोरामा ४९ किलो ७६० ग्राम गाँजा फेला परेको थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ। फरार चालकको खोजी भइरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार