देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक आइपुगेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
हाल देशभर सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ।
