NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वराष्ट्रपति भण्डारी लघुवित्त पीडितको धर्नामा, गुनासो सुनेकी

• पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त पीडितको धर्नास्थल पुगेर उनीहरूको समस्या सुनेकी छन्। • पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्र सङ्घ कार्यालयअगाडि धर्नामा बसेका छन्। • यो धर्ना साउन २८ गते शुक्रबारदेखि जारी छ।
Maya Thapa
Maya Thapa
18 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
लघुवित्त पीडित
Share:

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालयअगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनेकी छन्।

गत शुक्रबारदेखि धर्नामा बसेका पीडितलाई भण्डारीले भेटेर उनीहरूको समस्याबारे जानकारी लिएकी हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका सर्लाही जिल्ला अध्यक्ष हरिप्रसाद मैनाली, महिला संयोजक विष्णु बोहोरा, बागमती प्रदेश अध्यक्ष तेजेन्द्र रायमाझीलगायत अभियानकर्मी र पीडितहरू साउन २८ गते शुक्रबारदेखि धर्नामा छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार