उदयपुर र चितवनबाट प्रहरीले ३६७ किलो गाँजा बरामद गरेको छ। तीन जना तस्कर पक्राउ परेका छन्।
उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगर पक्राउ परे। मगरले टिपरको ढालामुनि गाँजा लुकाइ राखेका थिए।
चितवनको भरतपुर महानगरपालिका–१ बाट १६७ किलो ७५० ग्राम गाँजा बरामद भयो। प्रहरीले सोही स्थानका दुई जनालाई पक्राउ गरेको छ।
