मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सर्लाही सिँचाइ कार्यालयका प्रमुखसहित दुईविरुद्ध ७.५ लाख घुसको मुद्दा

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध अख्तियारले ७ लाख ५० हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। दुवैलाई बिगोसहित जरिवाना र कैद सजाय माग गरिएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा
Share:
१४१

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ५० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उनीहरूले बोरिङ र मोटर जडान कार्य सम्पन्न गराएबापत उक्त रकम घुस लिएको अभियोग छ।

अख्तियारले दुवै जनालाई बिगो सात लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको बताए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार