मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तकोशीमा बहाव बढ्यो, २२ ढोका खोलिए

सप्तकोशी नदीमा जलसतह बढेको छ। कोशी ब्यारेजका २२ ढोका खोलिएका छन्। प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सप्तकोशी ब्यारेज
Share:
१३७

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।

आइतबार साँझ ६ बजे प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह थियो । सोही कारण २१ ढोका खोलिएका थिए । बेलुका ८ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघे खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

हाल डुबानको प्रत्यक्ष जोखिम छैन । तर दिउँसोदेखि जलसतह बढिरहेकाले सम्बन्धित निकाय र सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन सूचना अधिकारी खड्काले आग्रह गरे ।

तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन भनिएको छ । कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार