NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता

दार्चुलाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ। पहिरो निरन्तर झरिरहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी आसपास नजान आग्रह गरिएको छ।
Sanjay Karki
Sanjay Karki
4 September 2026, 4:35 pm १ मिनेट पढाइ
आकार:
चौलानी नदी थुनियो
Share:

दार्चुलाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा खसेको पहिरोले चौलानी नदी आंशिक थुनिएको छ। पहिरो निरन्तर झरिरहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नदी पूर्ण रूपमा थुनिए एक्कासि पानीको बहाव बढ्ने जोखिम छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

विपद्का बेला उद्धार आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न भनिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराउन आग्रह गरिएको छ।

नदीको अवस्था निरन्तर अनुगमन भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न प्रशासनले अनुरोध गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार