मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कर्णाली राजमार्गमा पहिरो: यातायात ठप्प, सयौं यात्रु अलपत्र

कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाले सडक सञ्चालनमा बाधा पुर्‍याएको छ। यसले गर्दा सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
कर्णाली राजमार्ग पहिरो
Share:
१३१

कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसोदेखिको अविरल वर्षापछि अपराह्न ५ बजे पहिरो गएको थियो।

रातिसम्मै पानी नरोकिएकाले हिलो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले Nmkhabarलाई पुष्टि गरे। ‘राति पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने अवस्था छैन,’ उनले भने।

पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका गाडी खिड्किज्युलामै फर्किएका छन्। जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालिकोटको रास्कोट भेगबाट आएका गाडी पनि रोकिएका छन्।

विज्ञापन

पहिरो लगातार झरिरहेकाले एक्स्काभेटर गगने खोला नजिकै भए पनि पहिरो पन्छाउन समस्या भएको छ। जुम्ला र कालीकोट जान सुर्खेतबाट हिँडेका गाडी बाटोमा अलपत्र परेको जीप चालक दमन देवकोटाले बताए। उनले कालीकोट जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला जाने गाडी गगने खोलाबाट फर्किएर दैलेख खिड्कीज्युला बास बसेको सुनाए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार