NM Khabar 12 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माथिल्लो त्रिशूली–१: थप ७ शव भेटियो, ५५१ अझै सम्पर्कविहीन

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढीले बगाएका थप ७ जनाको शव फेला परेको छ। हालसम्म आयोजनास्थलमा कार्यरत १,४३३ जना मध्ये ५५१ जना सम्पर्कविहीन रहेका छन्। उद्धार कार्यका लागि विभिन्न देशका टोली र आधुनिक प्रविधि प्रयोग गरिएको छ।
Sanjay Karki
Sanjay Karki
12 September 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
माथिल्लो त्रिशूली-१ बाढी
Share:

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा थप सात जनाको शव फेला परेको छ। सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात शव भेटिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले पुष्टि गर्‍यो।

२१६ मेगावाट क्षमताको आयोजनामा भदौ १० को बाढीपछि ठूलो संख्यामा मानिस हराइरहेका थिए। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट १ को क्षेत्र अवलोकन गर्दा उक्त क्षेत्र डेब्रिजले भरिएको फेला पारेको उद्धारकर्ताहरूले बताए।

यसअघि भदौ १९ गते ६ जनाको शव फेला परेको थियो। मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन सुरु गरिएको छ। अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले खोजी गरिरहेका छन्।

उद्धार कार्यमा कोरियाली टोली, शेर्पाहरू, सर्च र ड्रोन टोली सक्रिय छन्। खोजीका लागि क्यामेरा र तालिमप्राप्त कुकुर प्रयोग भइरहेको छ। कम्पनीले आजदेखि खोजी कार्य तीव्र पार्ने जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा १,४३३ जना कार्यरत थिए। हालसम्म ८७८ जनाको मात्र उद्धार भएको छ। इप्पानका अनुसार अझै ५५१ जना सम्पर्कविहीन छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार