NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पहाडी तथा हिमाली भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
Kamala Devi
Kamala Devi
13 September 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
मनसुनी वायुको प्रभाव
Share:

कोशी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहँदा आज देशभर साधारणतया बादल लागेको छ।

देशको हिमाली भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार