ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन। दुर्घटनाको अन्य विवरण पनि प्राप्त भएको छैन।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ।
