मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तकोशीमा बाढी: २ लाख ४० हजार क्यूसेक पार गरेपछि ३१ ढोका खोलिए

• अविरल वर्षाले सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। • दिउँसो २ बजे पानीको बहाव २,४०,५५५ क्युसेक पुगेपछि ३१ ढोका खोलिएको हो। • तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सप्तकोशी ब्यारेज
Share:
१०१

कोशी ब्यारेजका ३१ ढोका बुधबार रातिदेखि परेको अविरल वर्षाले सप्तकोशी नदीमा जलसतह बढेपछि खोलिएका छन्।

आज बिहान १० बजे प्रतिसेकेन्ड १,९८,२२० क्युसेक बहाव हुँदा २५ ढोका खोलिएका थिए। दिउँसो १ बजे बहाव २,२९,९६० क्युसेक पुगेपछि ३० ढोका खोलिए।

दिउँसो २ बजे बहाव २,४०,५५५ क्युसेक पुगेपछि ३१ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए। कोशी ब्यारेजमा १,५०,००० क्युसेक नाघेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान खड्काले आग्रह गरे। तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र नदीमा माछा मार्ने वा दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव बढिरहेको छ। कोशी ब्यारेजमा ५२ मूल र ४ नहर गरी जम्मा ५६ ढोका छन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार