विराटनगरको पिपल चोकमा चोरी गर्न खोज्दा गेटमा अड्किएका एक युवकलाई प्रहरीले उद्धार गरेको छ। स्थानीयले खबर गरेपछि प्रहरीले उनलाई गेटबाट निकालेको हो।
प्रत्यक्षदर्शीका अनुसार, ती युवक घरमा चोरी गर्नका लागि गेटबाट भित्र पस्ने प्रयास गरिरहेका बेला अड्किएका थिए। उनको परिचय भने खुलेको छैन।
घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय, विराटनगरबाट खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
