मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

एनपीएल: आज सन्दीप लामिछानेको विराटनगर किंग्स र रोहित पौडेलको लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग २०२६ मा आज सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र रोहित पौडेलको लुम्बिनी लायन्सबीच कीर्तिपुरमा प्रतिस्पर्धा हुँदैछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
एनपीएल विराटनगर लुम्बिनी
Share:

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज (शनिबार) विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ५ बजे प्रतिस्पर्धा हुँदैछ। यो प्रतियोगिताको २६औँ खेल हो।

लुम्बिनी लायन्सले हालसम्म ६ खेल खेल्दै ९ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले, पोखरा एभेन्जर्सलाई ८ विकेटले, जनकपुर बोल्ट्सलाई १६ रनले र कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। चितवन राइनोजसँगको खेल नतिजाविहीन टुंगिएको थियो भने काठमाडौं गुर्खाजसँग ३६ रनले पराजित भएको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स ६ खेलबाट ६ अंक जोडेर अंक तालिकाको पाँचौँ स्थानमा छ। विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले, जनकपुर बोल्ट्सलाई २ रनले र पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ। चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजसँग भने विराटनगर पराजित भएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार