जनकपुरधाम र भारतको अयोध्या क्यान्टबीच सञ्चालन हुने साप्ताहिक एक्सप्रेस रेल सेवाको विस्तृत समयतालिका सार्वजनिक भएको छ। यो सेवाले मधेस प्रदेशका बासिन्दालाई भारतको धार्मिक तथा पर्यटकीय गन्तव्य अयोध्या पुग्न सहज बनाउनेछ।
सार्वजनिक गरिएको समयतालिकाअनुसार, रेल नम्बर १५५९५ प्रत्येक शनिबार जनकपुरधामबाट नेपाली समयअनुसार दिउँसो १:१० बजे प्रस्थान गरी आइतबार बिहान ८:१० बजे भारतीय समयअनुसार अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै, अयोध्या क्यान्टबाट फर्कने रेल नम्बर १५५९६ प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५:५० बजे प्रस्थान गरी मंगलबार नेपाली समयअनुसार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेल सेवाको समयतालिका
| स्टेशन | रेल १५५९५ आगमन/प्रस्थान | रेल १५५९६ आगमन/प्रस्थान |
|---|---|---|
| जनकपुरधाम | शनिबार १३:१० (नेपाली समय) | मंगलबार १२:४० (नेपाली समय) |
| जयनगर | १४:१० / १५:१० (भारतीय समय) | ०८:३० / १०:३० |
| सीतामढी | १९:०० / १९:०५ | ०४:४२ / ०४:४७ |
| नरकटियागञ्ज | २२:५० / २३:२० | ०१:५० / ०२:२० |
| पनियहवा | बिनारोकटोक | बिनारोकटोक |
| गोरखपुर | ०३:५५ / ०४:०५ | २२:१३ / २२:२३ |
| अयोध्या क्यान्ट | आइतबार ०८:१० | सोमबार १७:५० प्रस्थान |
यस रेल सेवाका लागि जयनगर, मधुबनी, शीशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा समेत व्यावसायिक ठहराव रहनेछ।
एनएमखबरले यसअघि जनकपुरधाम-अयोध्या रेल सेवा मंसिर ७ गतेदेखि सञ्चालनमा आउने र प्रधानमन्त्री बालेन शाह तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ६ गते उद्घाटन गर्ने जनाएको थियो।