NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश: विचौलियालाई भेट्न आफूलाई घरबाहिर राखिएको आरोप

पूर्वमन्त्री सुदन किराँतीले शुक्रबार श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै आफू मन्त्री हुँदा पार्टीका ठूला नेताले विचौलियालाई भेट्न घरबाहिर बेवारिसे राखेको आरोप लगाएका छन्। गणतन्त्र ल्याउन लडेको पार्टी परिवारतन्त्रमा फसेको उनको भनाइ छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 May 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
Share:

पूर्वमन्त्री सुदन किराँतीले शुक्रबार श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै आफू मन्त्री हुँदा पार्टीका ठूला नेताले विचौलियालाई भेट्न घरबाहिर बेवारिसे राखेको आरोप लगाएका छन्।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले गणतन्त्र स्थापनाका लागि लडेको पार्टी अहिले परिवारतन्त्रमा फसेको भन्दै त्यहाँ बस्नुको औचित्य नभएको निष्कर्षमा पुगेको बताए। उनले भने, ‘ठूलो नेताको घरमा जाँदा म मन्त्री भित्र पस्न पाइनँ, विचौलिया भित्र थियो, गोप्य कोठामा थियो। मन्त्रीलाई बाहिर बेवारिसे राखियो।’ किराँतीले थपे, ‘विचौलियाले जुगामा ताउ लाउँदै बाहिर निस्कियो। अलिअलि विरोध गर्न खोज्दा मन्त्री नै चट!’

मन्त्री हुँदाको घटना र विचौलियामाथि कटाक्ष

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता किराँती २०७९ साल माघमा पर्यटन मन्त्री बनेका थिए। त्यसबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए। किराँतीले पार्टीको ठूलो नेता भनेर सम्बोधन गरे पनि उनको नाम भने खुलाएनन्। उनले विचौलियालाई लक्षित गर्दै भने, ‘आज सुदन बाहिर छ, त्यो विचौलिया जेलभित्र छ। तपाईं जीवनभरि त्यहीँ बसिराख्नु परोस्।’

नयाँ पार्टी प्रवेश गर्दै किराँतीले अबको दिनमा श्रम संस्कृति पार्टीले पूर्वलाई इपिसेन्टर बनाएर देशको नेतृत्व गर्ने दाबी गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार