NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशका विभिन्न भूभागमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौँ उपत्यकामा पनि छिटपुट र हल्का वर्षा हुनेछ।
Sanjay Karki
Sanjay Karki
9 May 2026, 7:01 am १ मिनेट पढाइ
आकार:
Share:

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि छिटपुट र हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले बताएका छन्।

मौसमविद् ढकालका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ र दिउँसो बादल बढ्दै गए पनि दिनभर घाम देखिन सक्नेछ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। यी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार