मधेस प्रदेशमा राजनीतिक स्थिरताको संकेत देखिएको छ, चार सत्ता साझेदार दलले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरे।
आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो।
निर्णयमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले हस्ताक्षर गरे। जसपा नेपालका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई र लोसपाका जयनुल राइनले पनि समर्थन जनाए।
सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ।
