मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

राष्ट्रपति पौडेलले सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन प्रारम्भसँगै सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। अपराह्न ४ बजे संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१९

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन प्रारम्भसँगै सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३:४५ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ।

त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।

प्रतिनिधिसभाको बैठकमा नियमावलीको मस्यौदा र सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीले तीन वटा र पाँच जना मन्त्रीले एक/एक वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

थप समाचार