NM Khabar 11 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुमवासी बस्ती खाली गराएको सन्दर्भमा प्रधानमन्त्रीसँग जवाफ माग गरिएको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 May 2026, 1:02 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएनन्। गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा जवाफ माग गर्नुपर्ने कांग्रेसले जनाएको थियो।

सरकारले डोजर लगाएर सुकुमवासी बस्ती खाली गराएको सन्दर्भमा प्रधानमन्त्रीसँग सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ माग गरिएको थियो।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहे।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार