धरानमा ४४० किलोग्राम गाँजासहित बुढासुब्बा डाईग्नोष्टिक सेन्टरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लियो।
वैशाख २९ गते राति इलाका प्रहरी कार्यालय धरानको चेकिङ टोलीले को. १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्लास्टिकका बोरामा प्याक गरिएको ४४० किलोग्राम गाँजा बरामद गर्यो।
नियन्त्रणमा लिइएको एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा सञ्चालित रहेको खुलेको छ।
गाँजा बरामद भएपछि चालक तथा अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
