राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार पर्साको वीरगञ्जबाट हिरासतमा लिइएको हो।
प्रसाईंलाई वीरगञ्जको एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकारीले जानकारी दिए। यद्यपि, पक्राउको कारणबारे प्रहरीले आधिकारिक रूपमा केही खुलाएको छैन।
प्रसाईंका निकट सहयोगीहरूले भने ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन्।
