NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक उखु किसानको २२ करोड बक्यौता नतिरेको आरोपमा पक्राउ

उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ परेका छन्। प्रहरीले उनीहरूविरुद्धको अनुसन्धान अघि बढाएको छ।
Arjun Basnet
Arjun Basnet
14 July 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
अन्नपूर्ण सुगर मिल
Share:

उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार छन्।

उखु किसानको लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरी फरार रहेका उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।

सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गरी हाल उक्त कसुरमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार