NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सशस्त्र प्रहरी निरीक्षक अधिकारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध ४० हजार घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। उनलाई कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा सवारी रोक्ने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ। अख्तियारले बिगो ४० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ।
Arjun Basnet
Arjun Basnet
12 May 2026, 7:04 pm १ मिनेट पढाइ
आकार:
Share:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले सेवाग्राहीसँग घुस मागेका थिए। उनलाई कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने आरोप छ। काम गर्न नदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो ४० हजार रुपैयाँ कायम गर्‍यो। विशेष अदालत काठमाण्डुमा कैद र जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार