इनम सापकोटा प्रकरण: सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्री कार्यालयमा उजुरी गराएको पुष्टि
व्यवसायी दीपक भट्ट प्रकरणमा जोडिएका इनम सापकोटाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्री कार्यालयमा उजुरी गराएको पाइएको छ। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।