मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नक्सालबाट शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले काठमाडौंको नक्सालबाट भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वाङ वेन्ड र चेन शुआन्गुई छन्। उनीहरूले लाइभ हब एपमार्फत विदेशी र भारतीय नागरिकसँग सम्पर्क गरी पैसा माग्ने गरेको प्रहरीले जनाएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
चिनियाँ नागरिक पक्राउ
Share:
१९७

काठमाडौं । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वाङ वेन्ड र चेन शुआन्गुई छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनीहरूले भिसाको उद्देश्य विपरीतका गतिविधि गरेको जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा ‘भिजिट भिसा’मा नेपाल आई शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली लाइभ हब एपमार्फत विदेशी र भारतीय नागरिकसँग सम्पर्क गरी पैसा माग्ने गरेका थिए । निजहरूलाई अध्यागमन ऐनअन्तर्गत कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार